Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | 1145
  • info@nwc.gov.np
  • १६ जेष्ठ २०८२, बिहीबार
nepal waving flag

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम


IMG

मिति २०७९/५/२८ गते राष्ट्रिय महिला आयोगका माननीय सदस्य जया घिमिरेको अध्यक्षतामा लैंगिक हिंसा निवारणको अभियानलाई प्रभावकारी बनाउन सामाजिक राजनीतीक क्षेत्रका युवाहरूसंगको अन्तर्क्रिया कार्यक्रम तनहुं जिल्लाको दमौलीमा सम्पन्न भयो | विषयवस्तुसंग सम्वन्धित कार्यपत्र प्रमुख महिला विकास अधिकृत सीता अधिकारीले प्रस्तुत गर्नुभए पछि महत्वपूर्ण सुझाव जिज्ञासा उपस्थित युवाहरूले राख्नु भयो | कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका उपप्रमुख र सबै जिल्ला समन्वय समिति सदस्यहरू , जिल्ला समन्वय अधिकारी एवं सुरक्षा निकायका प्रमुख लगायत सरकारी निकायका प्रतिनीधिहरू अतिथिको रुपमा उपस्थित हुनुभयो। राजनीतीक र सामाजिक क्षेत्रका युवाहरूको सक्रिय सहभागिता पछि कार्यक्रम का अध्यक्षज्यूबाट कार्यक्रम विधिवत रुपमा समापन भयो |