Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

  • ०१-५३५५७१६ | ११४५
  • info@nwc.gov.np
  • ३ बैशाख २०८२, बुधबार
nepal waving flag

Government of Nepal

National Women Commission

Bhadrakali Plaza, Kathmandu, Nepal

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा साझा प्रतिबद्धता कार्यक्रम


IMG
“हिंसामुक्त समाज सभ्य समाजको आधार हो। लैङ्गिक भेदभाव, हिंसा र दुर्व्यवहार रहित न्यायपूर्ण समाजको निर्माणमा ऐक्यबद्धता जनाउँदै समाजमा विद्यमान हानिकारक अभ्यासहरू (बालविवाह, दाइजो, तिलक, छाउपडी, लिङ्ग पहिचान सहितको गर्भपतन, बोक्सीको आरोप, जातीय छुवाछुत र विभेद आदी) र महिला माथि हुने कुनै पनि हिंसा हामी गर्दैनौँ, सहन्नौँ र भएमा सशक्त प्रतिकार गर्ने सामूहिक प्रतिबद्धता गर्दछौ।”
आज २५ नोभेम्बर २०२१ का दिन मनाइने महिला हिंसा विरुद्धको अन्तर्राष्ट्रिय दिवसका साथ-साथै आजै देखी सुरु हुने महिला हिंसा विरुद्धको १६ दिने अभियानका अवसरमा यसरी सबै आदरणीय उपस्थितले आ-आफ्नो बलियो समर्थन दिनु भएको छ। माननीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीज्यू , राष्ट्रिय महिला आयोगको माननीय अध्यक्ष कमला कुमारी पराजुलीज्यू र सदस्यहरू कृष्ण कुमारी खतिवडाज्यू तथा सावित्रा कुमारी शर्माज्यू एवम् विभिन्न संवैधानिक निकायका सदस्यज्यूहरू, विकास साझेदार संस्थाहरूका प्रमुख तथा प्रतिनिधिज्यूहरू , महिला अधिकारी तथा अभियन्ताज्यूहरू , आदरणीय सञ्चारकर्मीज्यूहरु , नेपाल सरकारका विशिष्ट श्रेणीका सबै कर्मचारीहरू, महिला हक, हित र अधिकारका लागि निरन्तर लागिरहनु भएका सामाजिक अभियन्ताज्यूहरू , महिला अधिकारकर्मी र समानताको पक्षमा अनवरत कलम चलाइरहनु भएका लेखक, साहित्यकार तथा सञ्चारकर्मी साथीहरूको माझमा राष्ट्रिय महिला आयोगमा यो प्रतिबद्धता गरिएको हो।